ईपीएलः भैरहवाद्वारा विराटनगर ६ विकेटले पराजित

ईपीएलः भैरहवाद्वारा विराटनगर ६ विकेटले पराजित

केन्द्रबिन्दु
0
Shares

जारी चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटमा भैरहवा ग्लाडीयटर्सले विराटनगर वारियर्सलाई पराजित गरेको छ । 

त्रिवि क्रिकेट मैदानमा बुधबार विराटनगर वारियर्सलाई ६ विकेटले पराजित गर्दै भैरहवाले पहिलो जित निकालेको हो ।

विराटनगरले दिएको ९० रनको सामान्य लक्ष्य भैरहवाले १५ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्याे । 

भैरहवाको जितमा उपुल थरंगाले अविजित रहदै सर्वाधिक ३४ रन बनाए । कप्तान शरद भेषवाकर ६ रन अविजित रहे । प्रदिप ऐरीले २२ रन जोड्दा तमिम इकबाल र रोहित पौडेलले समान १२÷१२ रन बनाए । आरिफ शेख सुन्य रनमा आउट भए ।

विराटनगरका रामनरेश गिरिले २ विकेट लिए । करण केसी र बसन्त रेग्मीले १÷१ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर १७ ओभर ४ बलमा अलआउट हुँदै ८९ रन बनाएको थियो ।

जितसँगै भैरहवाले २ खेलमा ३ अंक जोडेको छ । भैरहवा शीर्ष स्थानमा उक्लिएको छ । वर्षाको कारण खेल रद्द हुँदा पहिलो खेलमा भैरहवाले पोखरा राइनोजसँग एक एक अंक बाँडेको थियो  ।

Skip This
Skip This
Logo