इपीएलअन्तर्गत आज दुई खेल हुँदै

इपीएलअन्तर्गत आज दुई खेल हुँदै

केन्द्रबिन्दु
0
Shares

एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत आज बिहीबार दुई खेल हुँदैछ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं किङ्स-११ र चितवन टाइगर्सबीच भिड्दै छन्। काठमाडौं र चितवनबीचको खेल बिहान साढे ९ बजे सुरु हुनेछ।

यस्तै दिउँसो साढे एक बजे सुरु हुने आजको  दोस्रो खेलमा भैरहवा ग्लाडियटर्स र ललितपुर प्याट्रियट्स बीच प्रतिस्पर्धा हुनेछ। शरद भेषवाकरको कप्तानीमा मैदान उत्रने भैरहवा दोस्रो जित निकाल्न चाहन्छ। भैरहवाले बुधबार विराटनगर वारियर्सलाई हराएको थियो। त्यसअघि भैरहवाले पोखरा राइनोजसँग अंक बाडेको थियो।

प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाएका छन्।

Logo