करातेः नेपाललाई ४ स्वर्ण २ कास्य पदक

करातेः नेपाललाई ४ स्वर्ण २ कास्य पदक

केन्द्रबिन्दु
0
Shares

जर्मनीमा आयोजना भएको चिम्निज ओपन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपालले ४ स्वर्ण पदक र २ कास्य पदक जितेको छ। 

जर्मनीको चिम्निजमा नेपालका मन्देकाजी श्रेष्ठले दुई स्वर्ण पदका जितेका छन्। १३ औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्णधारी उनले सिनियर एकल काता र ३० वर्षमाथिको उमेर समूहको एकल कातामा स्वर्ण जितेका हुन्।

यस्तै सागका पदकधारी मुकुन्द्र महर्जनले ३० वर्षमाथिको उमेर समूहमा स्वर्ण जिते। ७५ केजी तौल समूहमा उनले कास्य पदक जितेको टिम व्यवस्थापक स्वच्छम गुरुङले जानकारी गराए।

त्यस्तै नेपालका सुमन तिमल्सिनाले सिनियर एकल कातामा कास्य र आफ्नो उमेर समूहमा स्वर्ण पदक जितेका छन्। प्रतियोगितामा जर्मनी, पोल्याण्ड, अष्ट्रिया, अजरबैजान, इरान, नेदरल्यान्ड्स, स्पेन, बेल्जियम लगायतका देशको सहभागिता रहेको थियो।

Skip This
Skip This
Logo