चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेट अन्तर्गत विराटनगर वारियर्सले काठमाडौं किंग्स-११ लाई १ सय ५ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा आठ ओभरमा झारिएको खेलमा पहिले ब्याटिङ गरेको विराटनगरले ५ विकेट गुमाएर १ सय ४ रन जोड्यो।
विराटनगरका लागि अनिल साहले अविजित रहँदै सर्वाधिक ४५ रनको योगदान गरे। साहले पाँच छक्का र दुई चौका प्रहार गरे। ओपनर रायन पठानले ३० रन जोडे।
यस्तै कप्तान करण केसीले १५ रनको योगदान गरे। सौरभ खनाल ५ रनमा अविजित रहँदा, सिकन्दर राजा ४, आशिफ शेख २ र दिलशान मुनाविरा १ रनमा आउट भए।
काठमाडौंका कप्तान सन्दीप लामिछाने, गुल्सन झा र रायन बर्लले एक एक विकेट लिए।
प्रतिक्रिया