ईपीएल: चितवनको लगातार चौथो जीत

ईपीएल: चितवनको लगातार चौथो जीत

केन्द्रबिन्दु
0
Shares

चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटमा चितवन टाइगर्सले लगातार चौथो जीत निकालेको छ। 

त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई ५ विकेटले पराजित गर्दै चितवनले लगातार चौंथो जीत निकालेको हो।

जीतसँगै चितवन क्वालिफायरमा प्रवेश गरेको छ । चितवनले ४ खेलमा ८ अंक जोड्दै शीर्ष दुईमा स्थान पक्का गरेको छ । ललितपुर भने ५ खेलमा ३ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

ललितपुरले दिएको १ सय ९ रनको लक्ष्य चितवनले १७ ओभर २ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८ रन बनाएको थियो।

चितवनको जीतमा मोहमद साहजादले ३५ रन बनाए। भीम सार्कीले २७ तथा दिलिप नाथले अविजित १६ रन बनाए। विरन्दिप सिंह १३ रनमा आउट भए।

Skip This
Skip This
Logo