लिभरपुल र सिटी बराबरीमा राेकिए

लिभरपुल र सिटी बराबरीमा राेकिए

केन्द्रबिन्दु
0
Shares

इङलिस प्रिमियर लिग (इपिएल) मा लिभरपुल र म्यानचेस्टर सिटीले बराबर खेलेका छन् ।  लिभरपुलले साविक विजेता म्यानचेस्टर सिटीसँग २-२ को गोलको बराबरी खेलेको हो ।

५९औँ मिनेटमा साडियो मानेले गोल गर्दा लिभरपुलले अग्रता लिएको थियो । त्यसको १० मिनेटपछि फिल फोडिनले सिटीलाई खेलमा फर्काएका थिए ।

७६औँ मिनेटमा मोहम्मद सलाहाले पुन  लिभरपुलाई  अग्रता दिलाएका थिए । खेल सकिन नौ मिनेट बाँकी रहँदा केभिन डि ब्रुयनाको गोलमा म्यानचेस्टर सिटीले लिभरपुलसँग हारको संकट टारेको थियो ।खेलमा दुई पटक अग्रता बनाउदा समेत घरेलु टोली लिभरपुल बराबर गर्न बाध्य भयो ।

बराबरीसंगै लिभरपुल सात खेलमा १५ अंक सहित  दोस्रो स्थानमा छ । १४ अंक जोडेको सिटी तेस्रो स्थानमा उक्लिएको छ । समान खेलमा समान १४ अंकका साथ म्यानचेस्टर युनाइटेड, एभर्टन र ब्राइटन क्रमशः चौथौ, पाँचौ र छैटौं स्थानमा छ ।

राति नै भएको खेलमा टोटनहमले एस्टन भिल्लालाई २-१ गोल अन्तर, ब्रेन्टफोर्डले बेस्टहम युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गरेका छनं । यस्तै क्रिस्टल प्यालेस र लेस्टर सिटीले २-२ गोलको बराबरी खेले । 

Logo