ईपीएलः भैरहवाको तेस्रो जीतमा चितवनको पहिलो हार

ईपीएलः भैरहवाको तेस्रो जीतमा चितवनको पहिलो हार

केन्द्रबिन्दु
0
Shares

चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटमा भैरहवा ग्लाडियटर्सले चितवन टाइगर्सलाई हराएको छ। त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा भैरहवाले चितवनलाई ६ विकेटले हराएको हो। जारी प्रतियोगितामा चितवनको यो पहिलो हार हो भने भैरहवाको तेस्रो जीत हो।

चितवनले दिएको १ सय ६५ रनको लक्ष्य भैरहवाले १७ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो।

भैरहवाको जीतमा प्रदिप ऐरीले सर्वाधिक ७२ रनको योगदान गरे। उनले ४३ बलमा तीन छक्का र आठ चौका प्रहार गरे।

यस्तै तमिम इकबालले ४० रनमा आउट हुँदा उपुल थरंगा ३९ रनमा अविजित रहे । रोहित पौडेल ६ र आरिफ शेख १ रनमा आउट भए । कुशल मल्ल एक रनमा अविजित रहे। 

चितवनका लागि करिम जनतले सर्वाधिक दुई विकेट लिँदा सागर ढकाल र भीम सार्कीले एक–एक विकेट हात पारे। 

अघिल्ला चार खेल जितेर ८ अंक जोडेको चितवन अंक तालिकाको शीर्ष स्थानमा यथावत छ। चितवन क्वालिफायरमा पुगिसकेको छ। तीन जीतबाट ६ अंक बटुलेको भैरहवा दोस्रो स्थानमा उक्लिएको छ। भैरहवा पनि प्ले अफमा पुगिसकेको छ।

Logo