अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले ओमान र युएईमा संयुक्तरुपमा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा दर्शकलाई अनुमति दिने भएको छ। आईसीसीले आइतबार विश्वकपमा स्टेडियमको क्षमताको ७० प्रतिशत दर्शकलाई अनुमति दिने निर्णय गरेको हो।
कोरोना महामारीका कारण भारतबाट सरेको विश्वकप अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म हुनेछ। प्रतियोगिताको पहिलो चरणमा ८ टोलीले सहभागिता जनाउनेछन्। जसमा बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड्स, नामिबिया, ओमान र पपुवा न्युगिनी भिड्नेछन्। यसका चार टिम सुपर १२ मा प्रवेश गर्नेछन्।
सुपर–१२ को समूह २ मा भारत, पाकिस्तान, न्युजिल्याण्ड, अफगानिस्तान र पहिलो राउण्डको समूह ‘बी’ विजेता र समूह ‘ए’ को उपविजेता यस समूहमा रहने छन्।
यस्तै समूह १ मा इंग्ल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रीका,वेस्ट इन्डिज रहेका छन्। पहिलो राउण्डको समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेता यस समूहमा रहने छन्।
अबुधाबीमा हुने पहिलो सेमिफाइनल नोभेम्बर १० र दुबईमा हुने दोस्रो सेमिफाइनल नोभेम्बर ११ मा हुनेछ। दुबईमा हुने फाइनल खेल नोभेम्बर १४ मा हुनेछ।





























प्रतिक्रिया