तीन पटकको च्याम्पियन चेन्नई सुपर किंग्समाथि ३ विकेटको रोमान्चक जित निकाल्दै दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल) को शीर्षस्थानमा उक्लिएको छ ।
जितको लागि १३७ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १९.४ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्यो । ओपनर शिखर धवनले ३५ बलमा ३ चौका र २ छक्का सहित सर्वाधिक ३९ रनको योगदान दिए ।
दिल्लीको जितमा ओपनर पृथ्वी शा र रिपल पटेल १८–१८ रनमा आउट भए । ऋषभ पन्त १५, श्रेयस ऐर र रविचन्द्रन आश्विन २–२ र अक्षर पटेल ५ रनमा आउट भए । शिम्रन हेटमायरले १८ बलमा २८ रनको महत्त्वपूर्ण अविजित इनिङ खेले ।
चेन्नईका रविन्द्र जडेजा र शार्दूल ठाकुरले २–२ विकेट लिए । दीपक चाहर, ड्वेन ब्राभो र जोश हेजलवुडले १–१ विकेट लिए ।
त्यसअघि दुबईमा टस हारेर ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १३६ रन बनाएको थियो । यो जितसँगै दिल्लीले लिगमा शीर्ष दुईमा रहँदै क्वालिफायर खेल्ने सम्भावना उच्च बनेको छ ।































प्रतिक्रिया