आईपीएल क्रिकेट: बेङ्ग्लोरद्वारा दिल्ली सात विकेटले पराजित

आईपीएल क्रिकेट: बेङ्ग्लोरद्वारा दिल्ली सात विकेटले पराजित

केन्द्रबिन्दु
0
Shares

आईपीएल क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरद्वारा दिल्ली क्यापिटल्स सात विकेटले पराजित भएको छ।

गए राति भएको रोमाञ्चक खेलमा दिल्लीले दिएको १६५ रनको लक्ष्य बेङ्ग्लोरले तीन विकेट गुमाएर अन्तिम बलमा भेट्टायाे।

अन्तिम बलमा पाँच रन चाहिएकोमा बेङ्ग्लोरका शिखर भरतले छक्का हानेर टिमलाई जित दिलाए। भरत ७८ रनमा नटआउट रहे भने ग्लेन म्याक्सवेलले ५१ रन बनाए।

आईपीएलमा अब चेन्नई सुपर किङ्ग्स र दिल्ली क्यापिटल्सले पहिलो प्लेअफ खेल्नेछन्। बेङ्ग्लोर र कोलकाताले इलिमिनेटरमा खेल्नेछन्।

Skip This
Skip This
Logo