साफ च्याम्पियनसिप फुटबलमा माल्दिभ्सले श्रीलङ्कालाई हराएकाे छ। आइतबार माल्दिभ्समा भएकाे खेलमा माल्दिभ्सले श्रीलङ्कालाई १–० गाेल अन्तरले हराएकाे हाे।
खेलकाे छैटाैँ मिनेटमा माल्दिभ्सका अलि अश्फाकले गरेकाे गाेल नै निर्णायक बन्न पुग्याे। जितसँगै माल्दिभ्स अङ्क तालिकाकाे दाेस्राे स्थानमा उक्लिँदै फाइनल पुग्ने सम्भावना बलियाे बनाएकाे छ।
उसकाे तीन खेलमा ६ अङ्क छ। हारसँगै श्रीलङ्का प्रतियाेगिताबाट बाहिरिएकाे छ। श्रीलङ्का एक अङ्क जाेड्दै बाहिरिएकाे हाे।
माल्दिभ्स दाेस्राे स्थानमा उक्लिएसँगै नेपाललाई पनि केही कठिन भएकाे छ। नेपालकाे तीन खेलमा छ अङ्क छ। भारतकाे तीन खेलमा पाँच अङ्क छ।































प्रतिक्रिया