राप्रपा अध्यक्ष राणाले दिए नेपाली फुटबल टीमलाई जीतको शुभकामना

राप्रपा अध्यक्ष राणाले दिए नेपाली फुटबल टीमलाई जीतको शुभकामना

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशम्शेर राणाले फुटबल टीम नेपाललाई बधाई तथा शुभकामना दिएका छन्।

साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेसँगै अध्यक्ष राणाले नेपाली राष्ट्रिय फुटबल टोलीलाई बधाइ दिएका हुन्। उनले फाइनल खेलका लागि पनि राष्ट्रिय टोलीलाई शुभकामना दिएका छन्।

राणाले ट्वीट गर्दै भने, ‘नेपाली राष्ट्रिय फुटबल टीमलाई बधाई । साफ च्याम्पियनसिपको फाइनलमा समेत सफलताको शुभकामना।’

बुधबार भएको खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपालले पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको हो। फाइनलमा आइतबार नेपालले भारतसँग प्रतिष्पर्धामा गर्नेछ।

Skip This
Skip This
Logo