इतिहासमा आजः प्यारालिम्पिक खेलाडी अदालतद्वारा दोषी ठहरदेखि सोमालियामा ‘कु’ सम्म

इतिहासमा आजः प्यारालिम्पिक खेलाडी अदालतद्वारा दोषी ठहरदेखि सोमालियामा ‘कु’ सम्म

केन्द्रबिन्दु
0
Shares

आज अक्टोबर २१। आज इतिहासमा महत्वपूर्ण राजनीतिक तथा सामाजिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ, आज भएका केही महत्वपूर्ण घटनाः
 
ओस्कार दोषी ठहर
प्रेमिका रिभा स्टेनकाम्पको हत्या आरोपमा मुद्दा चलाइएका अफ्रिकी प्यारालिम्पिक खेलाडी ओस्कार पिस्टोरिअलाई सन् २०१४ मा अदालतले दोषी ठहर गरेको थियो। अदालतले उनलाई पाँच वर्ष जेल सजायँ तोकेको थियो। 

सोमालियामा कु
सन् १९६९ मा आजकै दिन सोमालियाको सेनाले कु गरेर तत्कालिन निर्वाचित सरकारलाई अपदस्थ गरेको थियो। तत्कालिन राष्ट्रपति अब्दिरसहिद अली शेरमार्केको हत्यापछि सेनाले कु गरेको थियो।

सुभाष चन्द्र बोसद्वारा स्वतन्त्र भारत घोषणा
निर्वासनमा रहेका भारतका राष्ट्रबादी नेता सुभाष चन्द्र बोसले सन् १९४३ मा सिंगापुरमा आयोजित एक ह्यालीमा ‘स्वतन्त्र भारत घोषणा गरेका थिए। अनुयायीहरुले उनलाई सर्वसम्मत रुपमा राष्ट्र प्रमुख, प्रधानमन्त्री र नयाँ सरकारको युद्धमन्त्री घोषणा गरेका थिए।
 
अर्नेस्ट हेमिङवेको चर्चित उपन्यास
सन् १९४० मा अमेरिकी उपन्यासकार अर्नेस्ट हेमिङवेको चर्चित उपन्यास फर होम दी बेल टुल्स नामक उपन्यास प्रकाशित भएको थियो। पछि सो उपन्यासमा आधारित चलचित्र निर्माण गरिएको थियो।

Logo