उपमेयर कप आजबाट, उद्घाटन खेलमा महालक्ष्मी र वाग्मती भिड्दै

उपमेयर कप आजबाट, उद्घाटन खेलमा महालक्ष्मी र वाग्मती भिड्दै

केन्द्रबिन्दु
0
Shares

उपमेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबल प्रतियोगिता आज बिहीबारबाट सुरु हुँदैछ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय महिला लिग छनोटको रूपमा आयोजना गर्न लागेको ‘उपमेयर कप प्रतियोगिता’ को दोस्रो संस्करण सुरुवात एन्फा कम्प्लेक्स सातदोबाटोले गर्न लागेको हो।

पहिलो दिन तीन खेल आयोजना हुनेछन्। प्रतियोगिताको उद्घाटन खेलमा महालक्ष्मी नगरपालिका र बागमती नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ। खेल बिहान ९ बजे सुरु हुनेछ। प्रतियोगितामा प्रत्येक दिन तीन खेल हुनेछन्।

प्रतियोगितामा सहभागी ३१ टोलीलाई १० समूहमा विभाजन गरिएको छ। समूह 'ए'मा चार र अन्य समूहमा तीन टोली छन्। समूहका विजेता ‘नक आउट’ चरणमा प्रवेश गर्नेछन्।

२२ कात्तिकमा नक आउट चरणका खेल सुरु हुनेछ। फाइनलमा पुग्ने दुई टोली भने यसै वर्ष हुने राष्ट्रिय महिला लिगमा छनोट हुनेछन्। 

गत सिजन राष्ट्रिय लिगमा उत्कृष्ट प्रदर्शन गरेका तीन विभागीय (नेपाल पुलिस, आर्मी, एपीएफ) सहित चन्द्रपुर नगरपालिका, वालिङ नगरपालिका र विराटनगर महानगरपालिकाले प्रतियोगितामा ‘बाई’ पाएका छन्। 

दुई क्लब छनोट भएसँगै अर्को राष्ट्रिय लिग खेल्ने टोली आठ पुग्नेछन्। यसपटक छनोट खेलमा प्रत्येक टोलीले चार विभागीय खेलाडी खेलाउन पाउने प्रावधान छ। 

उपमेयर कपको विजेताले पाँच लाख र दोस्रो हुने टोलीले तीन लाख पाउनेछ। फेयर प्ले टिमले नगद ५० हजार पाउनेछ।

विधागततर्फ उत्कष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही २० हजार प्राप्त गर्दा एक सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ पाउनेछ। यस्तै प्रत्येक खेलको वुमेन्स अफ दि म्याचले पाँच हजार रुपैयाँ पाउनेछन्। 

राष्ट्रिय महिला लिगको साविक विजेता एपीएफ क्लब हो। डबल राउन्ड रोबिनको आधारमा भएको लिगमा एपीएफले दोस्रो स्थानको आर्मीभन्दा १० अंकको अग्रतासहित उपाधि हात पारेको थियो।न्युज कारखाना

Skip This
Skip This
Logo