उपमेयर कप राष्ट्रिय महिला लिगः भक्तपुरमाथि बाँसगढीको १२ गोल

उपमेयर कप राष्ट्रिय महिला लिगः भक्तपुरमाथि बाँसगढीको १२ गोल

केन्द्रबिन्दु
0
Shares

बर्दियाको बाँसगढी नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा सुखद् सुरुवात गरेको छ। 

सातदोबाटोस्थित एन्फा मैदानमा शुक्रबार बिहान भएको खेलमा बाँसगढीले भक्तपुर नगरपालिकामाथि १२-० गोल अन्तरको फराकिलो जीत निकालेको हो। बाँसगढीको जीतमा स्ट्राइकर अमिषा कार्कीले ७ गोल गरिन्। त्यस्तै मनिका घर्ती मगरले २ तथा रेनुका हमाल, दुर्गाकुमारी चौधरी र तुलसी योगीले समान १–१ गोल गरिन्। 

नेपाल यू-१९ टोलीको सदस्यसमेत रहेकी अमिषाले खेलको २४, २५, २८, ५१, ५७, ८० र ९३औं मिनेटमा गोल गरिन्। मनिकाले खेलको ३ र १७ मिनेटमा गोल गर्दा  रेनुकाले ५४, दुर्गाले ८७ र तुलसीले ९० मिनेटमा गोल गरिन्। बाँसगढीकी अमिषा खेलको प्लेअर अफ दी म्याच घोषित भइन्। उनले नगद पाँच हजार रुपैयाँसहित ट्रफी पाइन्। 

अहिले समूह ‘डी’ को जानकी नगरपालिका र शिवशक्ति नगरपालिकाबीचको खेल जारी छ। उपमेयर कपको विजेताले पाँच लाख र दोस्रो हुने टोलीले तीन लाख पाउनेछ। फेयर प्ले टिमले नगद ५० हजार रुपैयाँ पाउनेछ।

Skip This
Skip This
Logo