माउन्टले ह्याट्रिक पूरा गर्दा सिटीको पोस्टमा चेल्सीको ७ गोल

माउन्टले ह्याट्रिक पूरा गर्दा सिटीको पोस्टमा चेल्सीको ७ गोल

केन्द्रबिन्दु
0
Shares

मासन माउन्टले ह्याट्रिक पूरा गरेको खेलमा चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा नर्विच सिटीलाई फराकिलो गोल अन्तरमा पराजित गरेको छ।  

शनिबार भएको खेलमा चेल्सीले नर्विच सिटीलाई ७–० गोल अन्तरले पराजित गरेको हो।

चेल्सीको जितमा मासन माउन्टले ह्याट्रिक पूरा गरे । यस्तै कलुम हुड्सन, रिस जेम्स र बेन चिलवेलले एक/एक गोल गरे। नर्विचका म्याक्स आरोन्सले एक आत्मघाती गोल गरे।

जितसँगै चेल्सी ९ खेलमा २२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । नर्विच २ अंक जोडेर पुछारमा रहेको छ।

Logo