इन्टर मिलान र युभेन्ट्सबीचकाे खेल बराबरीमा

इन्टर मिलान र युभेन्ट्सबीचकाे खेल बराबरीमा

केन्द्रबिन्दु
0
Shares

युभेन्ट्स र इन्टर मिलानले इटालियन सिरी ‘ए’ फुटबलमा बराबरी खेल्दै अंक बाँडेका छन्।

आइतबार राति खेलको अन्तिम समयमा अर्जेन्टिनी फरवार्ड पाउलो डिबालाले पेनाल्टीमार्फत गोल गरेपछि इन्टर मिलान र युभेन्ट्सले १–१ गोलको बराबरी खेलेका हुन्।

घरेलु टोलीले इन्टरले खेलको १७औँ मिनेटमा इडेन जेकोको गोलबाट अग्रता लिएको थियो। खेलको अन्तिम समयमा डिबलाले गोल गर्दै युभेन्ट्सको हार टारे।

यो बराबरीपछि इन्टर ९ खेलबाट १८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। युभेन्ट्स १५ अंक जोडेर छैटौँ स्थानमा छ।

आइतबार राति भएको खेलमा एटलान्टा र उडिनेसले १-१ को बराबरी खेल्दा फियोरेन्टिनाविरुद्ध क्याग्लिएरी ३-०को जित पायो। यस्तै  हेलास भेरोनाविरुद्ध लाजियो ४–१ ले विजयी रहँदा ) रोमा र  नेपोलीले गोल रहित बराबरी खेले।

सिरी ए मा ९ खेलबाट २५ अंकसहित नापोली शीर्ष स्थानमा छ।

Skip This
Skip This
Logo