टी-२० विश्वकपः स्कटल्यान्डमाथि अफगानिस्तानको सानदार जीत

टी-२० विश्वकपः स्कटल्यान्डमाथि अफगानिस्तानको सानदार जीत

केन्द्रबिन्दु
0
Shares

अफगानिस्तानले टी-२० विश्वकपको सुपर-१२ अन्तर्गत पहिलो खेलमा स्कटल्यान्डलाई पराजित गरेकाे छ। सोमबार शारजाहमा भएको खेलमा स्पीनरद्वय मुजिब उर रहमान र राशिद खानकाे उत्कृष्ट प्रदर्शनमा अफगानिस्तानले १३० रनको सानदार जीत हासिल गरेको हो।

जीतका लागि १९१ रनको विशाल लक्ष्य पछ्याएको स्कटल्यान्ड १० ओभर २ बलमा ६० रनमै अलआउट भयो। ओपनर जर्ज मुन्सेले २५ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यान खासै चल्न सकेनन्। मुजिबले ५ र राशिदले ४ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले २० ओभरमा ४ विकेट गुमाउँदै १९० रन बनाएकाे थियो। अफगानिस्तानका  नाजिबुल्लाह जद्रानले सर्वाधिक ५९ रन जोडे।

स्कटल्यान्डका लागि सफ्यान सरिफले २ विकेट तथा जोश डेभि र मार्क वाटले १-१ विकेट लिए।

जीतसँगै अफगानिस्तान समूह २ को शीर्षस्थानमा उक्लिएको छ। यसअघि आइतबार पाकिस्तानले भारतलाई १० विकेटले हराउँदै २ अंक जोडेको थियो। अर्को समूहमा इंग्ल्यान्डले वेस्ट इन्डिजलाई, अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई र बंगलादेशले वेस्ट इन्डिजलाई पराजित गरेका थिए।

मंगलबार पहिलो खेलमा पाैने ४ बजे दक्षिण अफ्रिकाले वेस्ट इन्डिजको सामना गर्नेछ। राति पाैने ८ बजे हुने खेलमा न्युजिल्यान्ड र पाकिस्तान भिड्नेछन्।

Skip This
Skip This
Logo