नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्द सम्मिलित पर्सिजा जाकर्ताले दोस्रो हार ब्यहोरेको छ। मंगलबार राति भएको इन्डोनेशियन लिगा वानमा रोहित सम्मिलित जाकर्ताले पर्सिबाय सिराबयसँग १-० गोल अन्तरको हार ब्यहोरेको हो।
पर्सिबायको जीतमा जापानका खेलाडी ताईसाई मारिकायले खेलको २५ मिनेटमा निर्णायक गोल गरे। साफ उपबिजेता भएपछि माल्दिभ्सबाट सिधै जाकर्ता पुगेका रोहितको यो पहिलो खेल हो। रोहितले पूरा समय खेलेका थिए।
बराबरीसँगै पर्सिजाले ९ खेलबाट १३ अंक बनाउँदै तालिकाको सातौं स्थानमा छ।
इटालीयन प्रशिक्षक एन्जेलो एलेसिलोको आगमनपछि पर्सिजाले ३ खेलमा मात्रै जीत निकालेको छ। ४ खेलमा बराबर खेल्दा २ खेलमा हार ब्यहोरेको छ।





























प्रतिक्रिया