आइसिसी टी-२० विश्वकपमा अष्ट्रेलियाकाे लगातार दोस्रो जीत, श्रीलंका ७ विकेटले पराजित

आइसिसी टी-२० विश्वकपमा अष्ट्रेलियाकाे लगातार दोस्रो जीत, श्रीलंका ७ विकेटले पराजित

केन्द्रबिन्दु
0
Shares

डेविड वार्नरको अर्धशतकमा अष्ट्रेलियाले आइसिसी टी-२० विश्वकपमा लगातार दोस्रो जीत निकालेको छ। बिहीबार दुबईमा अष्ट्रेलियाले श्रीलंकालाई ७ विकेटले हराउँदै लगातार दोस्रो जीत हात पारेको हो।

जीतका लागि १५५ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १७ ओभरमा ३ विकेटको क्षतिमा लक्षय पूरा गरेकाे हाे। 

अष्ट्रेलियाको जीतमा ओपनर डेविड वार्नरले सर्वाधिक ६५ रनको योगदान दिए। आरोन  फिन्चले ३७ रन बनाए। श्रीलंकाका स्पिनर वानिन्दु हसरंगाले २ र दासुन शनकाले १ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५४ रन बनायो। श्रीलंकाका लागि चरिथ असालंका र कुशल परेराले सर्वाधिक ३५–३५ रन बनाए।

अष्ट्रेलियाका  स्पिनर एडम जाम्पा, तीव्र गतिका बलर  कमिन्स,  मिचेल स्टार्कले समान २-२ विकेट लिए।

सुपर-१२ को समूह-१ मा इंग्ल्यान्ड २ खेलमा २ जीतका साथ ४ अंक जोड्दै शीर्षस्थानमा छ। अष्ट्रेलिया २ खेलमा समान ४ अंक भएपनि नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ। 

Logo