मेयर कप भेट्रान्स फुटबलः नेपाल आर्मी सेमिफाइनलमा

मेयर कप भेट्रान्स फुटबलः नेपाल आर्मी सेमिफाइनलमा

केन्द्रबिन्दु
0
Shares

नेपाल आर्मीले मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा लगातार दोस्रो जीत निकाल्दै सेमिफाइनल प्रवेश गरेको छ। शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो क्वाटरफाइनलमा भनिमण्डल भेट्रान्सलाई ३-० गोल अन्तरले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो।

आर्मीको जितमा राजु तामाङ, विकर्ण श्रेष्ठ र हरि महतोले एक–एक गोल गरे। राजुले खेलको छैटाैँ मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए।

विकर्णले १६औं मिनेटमा आर्मीको अग्रता दोब्बर बनाए। हरीले ४९औं मिनेटमा गोल गर्दै आर्मीलाई ३-० को अग्रता दिलाए। आर्मीका हरि म्यान अफ द म्याच घोषित भए।

लिगकप नकआउट प्रणालीमा खेलाइने यस प्रतियोगितामा २१ टिमले प्रतिस्पर्धा गरेका थिए। २१ टिमलाई सात समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहका विजेता र एक उत्कृष्ट उपविजेता टिमले दोस्रो चरणमा स्थान बनाएका थिए।

एउटा टिममा २० खेलाडी हुनेछन्। जसमा ३५ देखि ४० वर्ष उमेरसम्मका तीन खेलाडी हुनेछन्। बाँकी खेलाडी ४० वर्षभन्दा माथिको हुनुपर्नेछ। खेलको समयअवधि ६० मिनेट (एक हाफ ३० मिनेट) हुनेछ। खेलमा सात खेलाडी परिवर्तन गर्न पाइनेछ। 

प्रतियोगिताको विजेता टोलीले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन्।

Skip This
Skip This
Logo