युईएफए च्याम्पियनन्स लिगः रियल म्याड्रिड र इन्टरको जीत

युईएफए च्याम्पियनन्स लिगः रियल म्याड्रिड र इन्टरको जीत

केन्द्रबिन्दु
0
Shares

युईएफए च्याम्पियनन्स लिग अन्तर्गत समूह ‘डी’ को खेलमा स्पेनिस क्लब रियल मड्रिड र इटालीयन क्लब इन्टर मिलानले जीत हात पारेका छन्। 

बुधबार राति भएको खेलमा रियलले फ्रान्सेली फरवार्ड करिम बेन्जेमाको दुई गोल मद्दतमा युक्रेनी क्लब सख्तर डोनस्कलाई २–१ गोल अन्तरले पराजित गर्‍यो।

घरेलु मैदान सान्टियागो बर्नबेउमा रियलको जीतमा बेन्जेमाले दुई गोल गर्दा ब्राजिली विंगर भिनिसियस जुनियरले दुई असिस्ट उपलब्ध गराए। साख्तरका फर्नान्डोले एक सान्त्वना गोल फर्काए।

समूह ‘डी’ कै अर्काे खेलमा भ्रमणकारी इटालीयन सिरी ए क्लब इन्टर मिलानले माल्डोभाको एफसी सेरिफलाई उसकै मैदानमा ३–१ गोल अन्तरले पराजित गर्‍यो। 

इन्टर मिलानको जीतमा मार्सेलो ब्रोजोभिक, मिलान स्क्रिनिएर र एलेक्सिस सान्चेजले समान एक एक गोल गरे। सेरिफका एडमा ट्राओरेले एक गोल फर्काए। 

जीतसँगै समूह ‘डी’ मा ४ खेलबाट ३ जित र १ हार ब्यहोरेको रियल ९ अंकसहित शीर्षस्थानमा छ। इन्टर ४ खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा उक्लदा सेरिफ ६ अंक जोडेर तेस्रो स्थानमा छ। पराजित सख्तर १ अंक जोडेर पुछारमा रहेको छ।

Skip This
Skip This
Logo