इंग्लिस प्रिमियर लिगमा गए राति भएको एक मात्रै खेलमा साउथह्याम्टनले पाँचौं जीत निकालेको छ। शुक्रबार राति भएको खेलमा साउथह्याम्टनले एस्टोन भिल्लालाई १–० गोल अन्तरले हराएको हो।
घरेलु मैदानमा भएको खेलमा साउथह्याम्टनको जीतमा एडम आर्मस्ट्रङले निर्णायक गोल गरे। अडमले खेलको तेस्रो मिनेटमा टिमलाई अग्रता दिलाएका थिए। बाँकी समय दुबै टोलीले गोल गर्न सकेनन् र घरेलु टोलीले महत्त्वपूर्ण तीन अंक जोड्यो।
जारी लिगमा एस्टोन भिल्लाको यो लगातार पाँचौं हार हो। यो जीतपछि साउथह्याम्टनले ११ खेलमा १४ अंक बनाउँदै तालिकाको १२औं स्थानमा पुगेको छ। १५औं स्थानमा रहेको एस्टोन भिल्लाको ११ खेलमा १० अंक छ।































प्रतिक्रिया