म्यानचेस्टर डर्वी घरेलु मैदानमा युनाइटेड २-० ले पराजित

म्यानचेस्टर डर्वी घरेलु मैदानमा युनाइटेड २-० ले पराजित

केन्द्रबिन्दु
0
Shares

भ्रमणकारी टोली म्यानचेस्टर सिटीले इंग्लीस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर डर्वीमा म्यानचेस्टर युनाईटेडलाई पराजित गरेको छ।

 युनाईटेडको घरेलु मैदान वर्ल्ड ट्राफोर्डमा भएको खेलमा सिटी २–० गोल अन्तरले विजयी भएको  हो।

खेलमा युनाईटेडका इरिक बेलीको आत्मघाती गोल गर्दा अर्को गोल सिटीका बर्नाण्डो सिल्भाले गरे। 

खेलको ७ औं मिनेटमा बेलीले आत्मघाती गोल गरेका थिए। बर्नान्डो सिल्भाले खेलको ४५ औं मिनेटमा गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए  

जीतसँगै ११ खेलमा २३ अंक बनाएको  सिटी तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। ११ खेलमा १७ अंक बोकेको युनाइटेड पाँचौं स्थानमा छ। 

Skip This
Skip This
Logo