उपमेयर कपः आज सेमिफाइनलका खेलहरू हुने

उपमेयर कपः आज सेमिफाइनलका खेलहरू हुने

केन्द्रबिन्दु
0
Shares

मेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबलमा आज शुक्रबार सेमिफाइनलका खेल आयोजना हुँदैछन्। दिनको पहिलो सेमिफाइनल खेलमा १२ बजे  झापाको कनकाई नगरपालिका र ललितपुर महानगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ।

अन्तिम आठको खेलमा कनकाईले गोदावरी नगरपालिकालाई ३-० गोल अन्तरले पराजित गर्दा ललितपुरले शिवसताक्षी धाम नगरपालिकामाथि जीत निकालेको थियो।  

दोस्रो सेमिफाइनलमा दिउँसो ३ बजे गौरीगंगा नगरपालिका र धनगढी उप महानगरपालिकाबीच फाइनल प्रवेशका लागि भिडन्त हुनेछ। 

विजेताले आइतबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। ३१ टोली सहभागी प्रतियोगिताको विजेताले ५ लाख पाउँनेछ भने उपविजेताले २ लाख ५० हजार पाउनेछन्। 

यस्तै फाइनल खेल्ने दुई टोली राष्ट्रिय महिला लिगमा छनोट हुनेछन्। 

Logo