आईसीसी महिला टी-२० विश्वकप: पहिलो खेलमा पराजित नेपाल दोस्रो खेलमा भुटानको सामना गर्दै

आईसीसी महिला टी-२० विश्वकप: पहिलो खेलमा पराजित नेपाल दोस्रो खेलमा भुटानको सामना गर्दै

केन्द्रबिन्दु
0
Shares

पहिलो खेलमा हङकङसँग पराजित नेपाली महिला क्रिकेट टोलीले आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा भुटानको सामना गर्दैछ।

मंगलबार दुबईको आईसीसी क्रिकेट एकेडेमीमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ। 

पहिलो खेलमा पराजित नेपाल भुटानविरुद्ध पहिलो जीतको खोजीमा हुनेछ। सोमबार भएको खेलमा नेपाल कमजोर प्रतिद्वन्दी हङकङसँग ६ विकेटले पराजित भएको थियो। 

दक्षिण एसियाली प्रतिद्वन्दी भुटान भने लगातार दोस्रो जीत निकाल्ने योजनामा हुनेछ। भुटानले पहिलो खेलमा कुवेतलाई ४० रनले हराएको थियो। प्रतियोगितामा ६ टोली रहेका छन्। जसको विजेताले ग्लोबल छनोटमा स्थान बनाउने छ। ग्लोबल छनोटका दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन्। 

रुबिना क्षेत्रीको कप्तानीमा रहेको नेपालले बंगलादेशमा एक साताको प्रशिक्षण गरेर कतार पुगेको थियो। घरेलु टोलीसँग भएको तिन टी–ट्वान्टी खेलमा ‘क्लिन स्विप’ गरेपछि नेपाल छनोट खेल्न युएई प्रस्थान गरेको थियो। 

Skip This
Skip This
Logo