सबै उमेर समूहको साफ प्रतियोगिता रद्द

सबै उमेर समूहको साफ प्रतियोगिता रद्द

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सन् २०२० मा तय भएको साफको उमेर समूहका सबै प्रतियोगिता रद्द भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधबार उमेर समूहका सबै प्रतियोगिता रद्द गर्ने निर्णय गरेको हो ।

सन् २०२० मा मूख्य तीन प्रतियोगिता आयोजना हुने तय थियो । जसमा साफ यू–१५ च्याम्पियनसिप, साफ यू–१५ वुमन्स च्याम्पियनसिप र साफ यू–१८ वुमन्स च्याम्पियनसिप रहेको थियो । तर, कोरोना भाइरसको महामारीका कारण प्रतियोगिता रद्द गरिएको छ ।

साफको भर्चुअल बैठकले साफ क्षेत्रको वर्तमान अवस्थाको मूल्यांकन गर्दै र सदस्य संघसँगको छलफलपछि रद्द गर्ने निर्णय गरेको हो । ‘साफले अहिलेको अवस्थाका कारण २०२० सम्मका लागि तीन यूवा प्रतियोगिता रद्द गर्ने निर्णय गरेको छ,’ साफलाई उदृत गर्दै अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

यस अघि साफले महिला पुरुषको गरि ४ प्रतियोगिता आयोजना गर्दै आएको थियो । यस पटक भने ३ प्रतियोगिता आयोजना गर्ने योजना ल्याएको थियो । तर, कुन कुन तीन प्रतियोगिता गर्ने भनेर साफले तय गरेको थिएन । यस अघि साफले बंगलादेशमा तय भएको पुरुषको साफ च्याम्पियनसिप समेत स्थगित गरेको थियो ।

Skip This
Skip This
Logo