आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटः मलेसियाविरुद्ध जितको खोजीमा नेपाल

आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटः मलेसियाविरुद्ध जितको खोजीमा नेपाल

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय महिला टोलीले आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको चौंथो खेलमा आज शुक्रबार मलेसियाविरुद्ध खेल्दैछ। दुबईको आईसीसी एकेडेमी मैदानमा हुने खेल नेपाली समय अनुसार सवा ११ बजे सुरु हुनेछ। 

ग्लोबल छनोटको सम्भावना कायमै राख्न नेपाललाई मलेसियाविरुद्ध जितको विकल्प छैन। त्यसैले नेपाल बलियो मलेसियाविरुद्ध २ अंकको खोजी सहित नेटरनरेटलाई सुधार गर्ने योजनामा हुनेछ। 

३ खेल खेलेको नेपाल २ जितसहित दोस्रो स्थानमा छ। नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित हुँदा दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराएर विजयी सुरुआत गरेको थियो। तेस्रो खेलमा नेपालले कुवेतलाई ९ विकेटले पराजित गर्‍याे। 

आज कुवेतलाई हराए नेपाल शीर्ष स्थानमा फर्कने छ। ३ खेल जितको आयोजक यूएई ६ अंकसहित शीर्ष स्थानमा छ। नेपालले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउन अन्तिम खेलमा यूएईको सामना गर्नेछ। 

नेपालले सन् सन् २०१९ मा भएको दुबै भेटमा मलेसियालाई पराजित गरेको छ। जनवरीमा भएको खेलमा ६ विकेटले जित निकाल्दा फेब्रवरीमा भएको खेलमा ३४ रनले पराजित गरेको थियो। 

आज नै हुने खेलमा हङकङले भुटानको सामना गर्नेछ। 

Skip This
Skip This
Logo