सहिद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो चरणका खेलहरू शुक्रबारबाट सुरु हुँदैछन्। अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा जारी लिगका तेस्रो चरणका खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।
४ दिनसम्म चल्ने तेस्रो चरणको खेलमा तीन दिन २ खेल हुनेछन् भने एक दिन एकमात्रै खेल हुने तालिका सार्वजनिक भएको छ। दिनमा दुई खेल हुँदा पहिलो खेल दिउँसो १ बजे सुरु हुनेछ भने दोस्रो खेल तथा दिनको एक मात्रै खेल साँझ पौने ५ बजे सुरु हुनेछ।
शुक्रबारको पहिलो खेलमा फ्रेण्ड्स क्लबले थ्रीस्टार क्लबको सामना गर्नेछ। यस्तै दोस्रो खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबले लगातार दुई खेलमा पराजित भई पुछारमा रहेको एपीएफ फुटबल क्लबसँग भिड्नेछ।
शनिबारको पहिलो खेलमा दोस्रो स्थानको संकटा क्लबले शीर्षस्थानको मनाङ मस्र्याङ्दी क्लबलाई चुनौती दिनेछ। सोही दिनको दोस्रो खेलमा च्यासल युथ क्लबले उपाधिमा दाबी गरेको न्युरोड टिम एनआरटीसँग प्रतिस्पर्धा गर्नेछ।
तेस्रो चरण अन्तर्गत आइतबार हुने एक मात्रै खेलमा ब्रिगेड ब्वाइज क्लबले बलियो त्रिभुवन आर्मी फुटबल क्लबको आक्रामक फुटबलको दबाब खेप्नेछ। एन्फाले २० गते तय दुई खेललाई भने दुई दिन धकेल्दै २२ गतेलाई पुर्याएको छ।
रंगशालामा युथ एथ्लेटिक्स प्रतियोगिता हुने भएसँगै तेस्रो चरणका अन्तिम दुई खेल सारिएका हुन्। बुधबार हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ। सोही दिन हुने तेस्रो चरणको अन्तिम खेलमा लगातार दोस्रो खेलमा पराजित जावलाखेल युथले साबिक विजेता मछिन्द्र फुटबल क्लबको सामना गर्ने तालिका छ।
तेस्रो चरणको पूर्वसन्ध्यामा एन्फाले पत्रकार सम्मेलन गरेको थियो। सहभागी क्लबको प्रशिक्षक तथा प्रतिनिधिले आ–आफ्नो खेल जित्ने रणनीति सुनाए।
यस्तो छ सहभागी क्लबका प्रशिक्षक र प्रतिनिधिको भनाई–
मृगेन्द्र मिश्र
मुख्य प्रशिक्षक– फ्रेण्ड्स
तयारी राम्रो छ। विदेशी खेलाडी फर्कँदै छ। म थ्री स्टारको पूर्व खेलाडी प्रशिक्षक दुवै हुँ। टोलीविरुद्ध सबै थाहा छ। थ्रीस्टार बलियो टोली हो। थ्री स्टार टाइटल होल्डर टिम हो। यो भन्दैमा डराउँदैनौं। भोलि अंक खोस्ने । तीन अथवा बराबर जे भएनी हुन्छ। हाम्रोमा स्टार खेलाडी छैन। दिन दिनै राम्रो भइरहेको छ।
रवीन्द्र सिलाकार
सहायक प्रशिक्षक –थ्री स्टार
लगभग तयारी पुरा भएको छ। फिटनेस लेबलमा आएको छ। सुरुको खेल हो (सातदोबाटोविरुद्धको हार) हारेर फरक पर्दैन। धेरै खेल बाँकी छ। तालिकामा सबै टोली उस्तै छ । अस्तिको खेलले फरक पर्दैन। प्रतिद्वन्द्वी कम हुँदैन। धेरै आत्मविश्वासी हुनु हुँदैन। फ्रेण्ड्सविरुद्ध खेलाडीलाई तयार गरेका छौँ।
सुरज महर्जन
सहायक प्रशिक्षक–सातदोबाटो युथ
तयारी पहिलेबाटनै राम्रो छ। मनोबल उच्च छ। थ्री स्टारविरुद्ध मात्रै हैन। सबै टोलीविरुद्ध जित्नको लागि खेल्छौं । विपक्षी सबै राम्रो छ । कमजोर मान्दैनौं।
रत्न महर्जन
सहायक प्रशिक्षक– एपीएफ क्लब
दुई खेल हार्यौ । प्रेसर छ । तीन अंकको लागि खेल्छौं। रिदम बिग्रेको छ। कमजोर सुधार गर्छौं। सातदोबाटो युवा खेलाडीले भरिएको छ। उसको मनोबल उच्च छ। भोलिको लागि हामीले राम्रो प्लानिङ बनाएका छौं ।
राज कुमार केसी
सहायक प्रशिक्षक–संकटा
टिम हिसाबले सबै टोली बलियो छ। हामीले तयारी एक हप्ता पायौं। विपक्षीविरुद्ध तयारी राम्रो छ। टिम गेम खेल्न खोजिरहेका छौँ। तीन अंकको लागि खेल्छौं।
राजेन्द्र तामाङ
मुख्य प्रशिक्षक– मनाङ मस्र्याङ्दी क्लब
संकटा बलियो छ। गेम मुमेन्ट बलियो छ। सेट पिसमा राम्रो छ। कर्नलमा धेरै भन्दा धेरै चान्स पाएको छ। लिग तालिकामा शीर्षस्थान जोगाउन भोलि ध्यान दिनुपर्छ। तीन अंकको लागि खेल्छौं। अट्याक पनि गर्छौ डिफेन्स पनि गर्छौं।
राजुकाजी शाक्य
मुख्य प्रशिक्षक– न्युरोड टिम एन आए टी
पहिलो दुई खेलले केही बिग्रेको छैन। सबै टिम उस्तै छ। खेल अझै बाँकी छ। हाम्रो लक्ष्य शीर्ष ४ को लागि हो। गेममा तलमाथि छ। राम्रो तयारी छ। पहिलो खेल राम्रो भयो। दोस्रो खेलमा राम्रो हुन सकेन।
राजु श्रेष्ठ
अफिसियल– ब्रिगेड ब्वाइट क्लब
हाम्रो पहिलो नाइट खेल । उत्साहित छौं। आर्मी शारीरिक रूपमा राम्रो छ। त्यसैलाई ध्यानमा राखेर अभ्यास गरेका छौं। जित्नको लागि खेल्छौं । सेटको प्लेयर अझै मैदान उत्रिन पाएको छैन।
राजु तामाङ
सहायक प्रशिक्षक– आर्मी
उपाधि दाबेदारमै छौं मानसिक रूपमा तयार छौं। तीन अंक लिने लक्ष्य छ। हाम्रो दुई खेलमा हामी अनलक्की भन्दा पनि विपक्षी राम्रा भए । उनीहरूको अंकसमेत राम्रो आएको छ। टोलीमा स्ट्राइकर अभाव खड्केको छ। त्यसलाई मध्यनजर गरेर खेल्छौं।
विजेन पुडाशैनी
व्यवस्थापक– हिमालयन शेर्पा क्लब
कसैलाई पनि कमजोर लिँदैनौं। पुलिससँग तीन अंकको लागि खेल्छौं। अभ्यास भइरहेको छ। सबै खेलाडी तयार छन्।
सञ्जीव जोशी
सहायक प्रशिक्षक– नेपाल पुलिस क्लब
तीन अंकको लागि खेल्छौँ। अगाडि खेलमा दोस्रो खेल राम्रो भयो। सुमन घाइते भएर खेल्दा पनि राम्रो गर्यो। हामी दुवै टिम बराबर छ। दुवै टोलीमा युवा खेलाडीको बाहुल्यता छ।
किशोर केसी
मुख्य प्रशिक्षक –जावलाखेल युथ क्लब
तयारी सुन्दर छ। राम्रो छ। अबको खेल मछिन्द्रसँग छ। त्यसमा खेल खेलेका नम्बर वान भन्ने छन्। मछिन्द्रसँग फुटबल खेल्छौं। तीन अंक नभए पनि एक अंक खोस्न खेल्छौं। दुई चरणमा त्यस्तो बलियो टोली देखेको छैन। प्रतिस्पर्धा सबैसँग गर्न सक्छु। बाजिगर भएको छु। हारेर पनि खुसी छु।
प्रवेश कटुवाल
मुख्य प्रशिक्षक– मछिन्द्र
तयारी राम्रो छ। खेल सर्यो त्यसले झनै राम्रो छ। स्ट्राइकर ८ भए पनि ३ खेलाउने हो। जावलाखेल दुई खेल हारे पनि राम्रो छ। प्रतिस्पर्धा राम्रो हुन्छ। तीन अंकको लागि खेल्छौं। दुई चरणको खेल सकियो। सबै खेलाडी र क्लब उस्तै प्रदर्शन छ।





























प्रतिक्रिया