एभर्टनले इंग्लिस प्रिमियर लिगमा लण्डन क्लव आर्सनललाई पराजित गरेको छ।
सोमबार राति एभर्टनले घरेलु मैदान गुडिसन पार्कमा आर्सनललाई २-१ अन्तरले जित्दै महत्त्वपूर्ण तीन अंक हासिल गरेको हो।
एभर्टनको जितमा रिचार्लीसन र डिमाराई ग्रेले १-१ गोल गरे। आर्सनलका मार्टिन ओडेगार्डले गोल गरे।
जितसँगै १२ औं स्थानमा रहेको एभर्टनले १५ खेलबाट १८ अंक जोडेको छ। पराजित आर्सनल २३ अंक जोडेर सातौँ स्थानमा छ।































प्रतिक्रिया