हारका बाबजुद समूह विजेता बन्दै नकआउटमा म्यानचेस्टर सिटीकाे प्रवेश

हारका बाबजुद समूह विजेता बन्दै नकआउटमा म्यानचेस्टर सिटीकाे प्रवेश

केन्द्रबिन्दु
0
Shares

अन्तिम खेलमा आरबी लाइप्जिगसँग पराजित भए पनि इंग्लिस क्लब म्यानचेस्टर सिटी समूह ‘ए’ को विजेता बन्दै युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान बनाएको छ। 

मंगलबार राति १० खेलाडीमा सीमित सिटी जर्मन क्लब आरबी लाइप्जिगसँग उसकै मैदानमा २–१ अन्तरले हार बेहोरेको हो। लाइप्जिगको जितमा डोमिनिक सोबोस्लाई र आन्द्रे सिल्भाले गोल गरे। सिटीका रियाद महारेजले सान्त्वना गोल गरे। 

यसअघि खेलको ८२ मिनेटमा केली वाल्करले रातोकार्ड ब्यहोर्दा सिटी १० खेलाडीमा सीमित भएको थियो । 

समूह 'ए'कै अर्काे खेलमा स्टार खेलाडी लियोनल मेस्सी र किलीयन एमबाप्पेले २-२ गोल गर्दा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले क्लब ब्रुगलाई ४-१ अन्तरले पराजित गर्दै उपविजेताको रुपमा प्रिक्वाटरफाइनलमा प्रवेश गरेको हो।

पराजित बाबजुद सिटी ६ खेलबाट १२ अंक जोड्दै शीर्ष स्थानमा रह्यो। पिएसजी ६ खेलमा ३ जित २ बराबरी र १ हारसहित ११ अंक जोड्दै दोस्रो स्थानमा रहेर अन्तिम १६ मा स्थान बनायो। 

७ अंक बनाएको आरबी लाइप्जिग र ४ अंक बनाएको क्लब ब्रुग समूह चरणबाटै बाहिर रहे। 

Skip This
Skip This
Logo