स्पेनिस ला लिगाः मड्रिड डर्वीमा रियलको सहज जित, बार्सिलोना रोकियो

स्पेनिस ला लिगाः मड्रिड डर्वीमा रियलको सहज जित, बार्सिलोना रोकियो

केन्द्रबिन्दु
0
Shares

स्पेनिस ला लिगा अन्तर्गत पहिलो मड्रिड डर्वीमा रियल मड्रिडले सहज जित निकालेको छ। आइतबार राति भएको खेलमा रियलले घरेलु मैदानमा एट्लेटिको मड्रिडविरुद्ध २-० अन्तरको सहज जित पाएको हो। 

१६औँ मिनेटमा करिम बेन्जेमाले गरेको गोलमा रियलले अग्रता लिएको थियो। ५७औँ मिनेटमा मार्को एसेन्सियोले अग्रता दोब्बर पारेका थिए।

रियाल १७ खेलबाट ४२ अंकसहित शीर्ष स्थानमा छ। २९ अंक बनाएको एट्लेटिको चौथो स्थानमा छ। 

ला लिगा अन्तर्गत आइतबार भएको अर्को खेलमा बार्सिलोना ओसासुनासँग २-२ को बराबरीमा रोकिएको छ। १२औँ मिनेटमा निको गोन्जोल्वेजको गोलमा बार्सिलोनाले अग्रता लिए पनि त्यसको दुई मिनेटपछि नै डेविड गार्सियाले ओसासुनालाई खेलमा फर्काएका थिए।

४९औँ मिनेटमा इजालजौलीले बार्सिलोनालाई पुनः अग्रता दिलाए। तर, खेल सकिन ६ मिनेट बाँकी हुँदा इज्क्वेल एभिल्लाले ओसासुनालाई खेलमा फर्काएका थिए।

बार्सिलोना १७ खेलमा २४ अंकसहित आठौँ स्थानमा छ भने समान खेलमा २२ अंक बटुलेको ओसासुना १० औँ स्थानमा छ। 

Skip This
Skip This
Logo