स्टार खेलाडी लियोनल मेस्सी, नेयमारले आराम पाएको खेलमा कप डि फ्रान्समा पेरिस सेन्ड जर्मेन (पीएसजी)ले सहज जित निकालेको छ।
युवा खेलाडी केलियन एम्बाप्पे चम्किएको खेलमा पीएसजीले फेइग्नीएसलाई ३-० अन्तरले पराजित गरेकाे हाे।
आइतबार राति भएको सिंगल लेगको खेलमा एम्बाप्पेले २ गोल गरे भने माउरो इकार्डीले १ गोल गरे।
पीएसजीले पहिलो हाफमा दुबै गोल पेनाल्टीमार्फत गरेको थियो।
खेलको १६ औं मिनेटमा एम्बाम्पेले र ३० औँ मिनेटमा इकार्डी पेनाल्टी मार्फत अग्रता दिलाए। ५१ औँ मिनेटमा एम्बाप्पले ब्यक्तिगत दोस्रो तथा टोलीको लागि तेस्रो गोल गरे।





























प्रतिक्रिया