बाँकेमा भलिबल प्रतियोगिता माघ २२ देखि २४ सम्म

बाँकेमा भलिबल प्रतियोगिता माघ २२ देखि २४ सम्म

केन्द्रबिन्दु
0
Shares

बाँके ।

बाँकेको खजुरामा यही माघको २२ देखि २४ सम्म योगिनी कप अन्तर क्लब पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । योगिनी युवा क्लब र रङ्गशाला नेपाल मिडिया प्रालीद्वारा संयुक्तरुपमा आयोजना हुने सो प्रतियोगितामा न्यू एभरेष्ट डिस्लरी प्रालीले सह–प्रायोजन गर्नेछ ।

क्लबका अध्यक्ष तरिन्द्र थापा र सोप्रालिका अध्यक्ष रविन्द्रमान श्रेष्ठबीच आइतबार नेपालगञ्जमा सह–प्रायोजन सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
प्रतिभावान् खेलाडी उत्पादन गर्दै आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने ध्येयले प्रतियोगिता आयोजना गर्न लागेको मिडिया प्रालीका अध्यक्ष कमल खत्रीले जानकारी दिए ।

खजुरा गाउँपालिका–२ गौघाटमा आयोजना हुने प्रतियोगितामा स्थानीय १२ क्लबले प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले २१ हजार र उपविजेताले १० हजार सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यसैगरी विधागतरुपमा उत्कृष्ट खेलाडीलाई नगदसहित पुरस्कृत गरिने आयोजकले जनाएका छन् ।

Logo