सहिद स्मारक ‘ए’ डिभिजन लिग: संकटा र बीबीसी तथा थ्रीस्टार र आर्मी भिड्दै

सहिद स्मारक ‘ए’ डिभिजन लिग: संकटा र बीबीसी तथा थ्रीस्टार र आर्मी भिड्दै

केन्द्रबिन्दु
0
Shares

सहिद स्मारक ‘ए’ डिभिजन लिगको छैटौ चरणको तेस्रो दिन दुई खेल आयोजना हुँदैछन्। आइतबार दशरथ रंगशालामा हुने दुईमध्ये एक खेल १ बजे र अर्काे साझ पौने ५ बजे सुरु हुनेछ।

पहिलो खेलमा संकटा क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) भिड्नेछन्। जारी लिगमा संकटा ५ खेलमा ९ अंक जोडेर चौंथो स्थानमा  छ। बीबीसी ५ खेलमा ५ अंक जोडेर १० औं स्थानमा छ।

छैटौं चरणमा बीबीसीलाई पराजित गर्न सके संकटा शीर्ष तीनमा उक्लने छ। यता, बीबीसी पनि युवा खेलाडीको साथमा संकटालाई रोक्ने योजनामा हुनेछ। 

दोस्रो खेलमा थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लबबीच  प्रतिस्पर्धा हुनेछ। एएफसी छनोटबाट बाहिर रहेको आर्मी थ्रीस्टारलाई हराउँदै लिग उपाधि दाबेदारी यथावत राख्न चाहन्छ। यता, खराब लयमा रहेको थ्रीस्टार सुधारिएको खेल प्रदर्शन गर्ने योजनामा छ। 

आर्मी ५ खेलमा ९ अंक जोडेर तेस्रो स्थानमा छ। थ्री स्टार ५ खेलमा ६ अंक जोडेर आठौं स्थानमा रहेको छ।

शनिबार भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै मछिन्द्र क्लब शीर्षस्थानमा उक्लिएको छ। 

Skip This
Skip This
Logo