प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपीएफलाई

प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपीएफलाई

केन्द्रबिन्दु
0
Shares

विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। एपिएफले प्रदेश १ लाई सात विकेटले हराउँदै उपाधि जितेको हो।

एपीएफले ३४ बलअघि नै सहज जित पाएको थियो। जितका लागि ६७ रनको सामान्य लक्ष्य पछ्याएको एपीएफले १४ ओभर २ बलमा ३ विकेट गुमाउँदै ६८ रन बनायो। 

एपीएफको जितमा विकेट किपरसमेत रहेकी ब्याटर ज्योति पाण्डेले ३९ बलमा ६ छक्कासहित सर्वाधिक ३६ रन बनाइन्। यस्तै ममता चौधरी २३ बलमा २ चौकासहित १९ रनमा अविजित रहिन्। 

प्रदेश १ की कप्तान रुविना क्षेत्रीले एक्लै ३ विकेट लिइन्। ४ ओभर बलिङ गरेकी रुविनाले १ मेडन राख्दै १० रन खर्चिएकी थिइन्। 

यस अघि धनगढीको फाप्ला क्रिकेट मैदानमा कप्तान सीता राना मगरले घातक बलिङ गरेपछि विभागीय टोली एपीएफले उपाधि जित्न ६८ रनको सामान्य लक्ष्य पाएको थियो। टस हारेर ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ६७ रन बनाएको हो। 

प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले ४६ बलमा ३ चौकासहित सर्वाधिक ३४ रन जोडिन। यस्तै अप्सरी बेगमले ३४ बलमा १ चौकासहित ११ रनको योगदान दिइन्। अन्य खेलाडीले भने दोहोरो अंक बनाउन सकेनन्। एपीएफकी सीता राना मगरले सर्वाधिक ३ विकेट लिइन् । रेखा रावलले २ र करुणा भण्डारीले १ विकेट लिइन्।

Skip This
Skip This
Logo