राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दसानायके नेपाल आइपुगे

राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दसानायके नेपाल आइपुगे

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक पुबुदु दसानायके नेपाल आइपुगेका छन् । 

तत्कालिन मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले भदौमा राजीनामा घोषणा गरेपछि रिक्त पदमा नियुक्त भएका दसानायके प्रशिक्षण सम्हाल्ने गरी मंगलबार नेपाल आइपुगेका हुन्।

क्यानको १५ मंसिरकाे बोर्ड बैठकले मुख्य प्रशिक्षकको रुपमा पुबुदुलाई अनुमोदन गरेको थियो। 

यसअघि नेपालले पुबुदुको प्रशिक्षणमा नेपालले सन् २०११ देखि २०१५ सम्म खेलेको थियो। नेपालले डिभिजन चार र तीनको उपाधि जित्दा पुबुदुले नेपाली टोलीको प्रशिक्षण सम्हालेका थिए।

Skip This
Skip This
Logo