एसियाबाट कतार विश्वकपमा छनोट हुने इरान पहिलो टिम

एसियाबाट कतार विश्वकपमा छनोट हुने इरान पहिलो टिम

केन्द्रबिन्दु
0
Shares

इरान एसियाली मुलुकबाट कतार विश्वकप-२०२२ मा छनोट हुने पहिलो टिम बनेको छ। बिहीवार राति घरेलु मैदानमा इराकलाई १-० अन्तरले पराजित गर्दै इरान विश्वकपको लागि छनोट भएको हो। 

इरानको जितमा मेहदी तरेमीले ४८औं मिनेटमा गरेको गोल निर्णायक रह्यो। जितसँगै एसिया छनोटको तेस्रो चरण अन्तर्गत  समूह ए मा ७ खेलबाट १९ अंक बनाउँदै अपराजित इराक शीर्षस्थानमा छ। 

दोस्रो स्थानको साउदीको १७ अंक छ। एसिया छनोटको तेस्रो चरणमा दुई समूह बिभाजन गरिएको छ। दुबै समूहका शीर्ष दुई टोली सिधै विश्वकपमा छनोट हुनेछन्।

तेस्रो मध्येको एक टोलीले भने दक्षिण अमेरिकी टोलीसँगै खेल्दै विश्वकप खेल्ने बाटो तय गर्नेछ। 

Logo