आयोजक क्यामरुन र बुर्किना फासो अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेका छन्। शनिबार राति भएको खेलमा जित हात पार्दै दुबै टोलीले अन्तिम चार पक्का गरेका हुन्।
घरेलु मैदानमा कार्ल टोको एकाम्बीले दोस्रो हाफमा दुई गोल गरेपछि क्यामरुनले सहज जित हात पार्याे। २९ वर्षीय टोकोले खेलको ५० र ५७औं मिनेटमा गोल गरे।
अब क्यामरुनले फाइनल प्रवेशका लागि इजिप्ट र मोरक्कोको बीचको विजेताको सामना गर्नेछ।
१० खेलाडीमा सीमित बुर्किना फासोले तुनिसियालाई १-० अन्तरले पराजित गरेकाे हाे। बुर्किनाको जितमा पहिलो हाफको इन्जुरी समयमा डान्गो औताराले गरेको गोल निर्णायक रह्यो।
खेलको ८२औं मिनेट गोलकर्ता १९ वर्षीय डान्गोले रातो सामना गरे।
अब बुर्किना फासोले फाइनल प्रवेशका लागि फाइनल प्रवेशका लागि सेनेगल र गिनीबीचको विजेतासँग खेल्नेछ।































प्रतिक्रिया