सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश

सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश


बुर्किना फासोलाई पराजित गर्दै सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ।

बुधबार राति भएको खेलमा सेनेगलले बुर्किनालाई ३-१ गाेल अन्तरले हराएकाे हाे। साडियो माने, इड्रीशा र अब्दोउ डियालोको गोलमा सेनेगलले सहज जितसँगै तेस्रो पटक फाइनल यात्रा तय गरेकाे हाे। 

अब सेनेगलले इजिप्ट र आयोजक क्यामरुनबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।  

Logo