एन्फा कार्यसमिति बैठक सकियो, के भयाे निर्णय?

एन्फा कार्यसमिति बैठक सकियो, के भयाे निर्णय?

केन्द्रबिन्दु
0
Shares

अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीबार बसेको कार्यसमितिको बैठक सकिएको छ। बिहान साढे ११ बजे एन्फा मुख्यालय सातदोबाटोमा सुरु हुने भनिए पनि बैठक ढिला गरि बसेको थियो। 

कार्यसमितको बैठकमा उपाध्यक्ष वीरबहादुर खड्काले वित्तीय निर्देशक निरञ्जन शाहले गरेको भनिएको आर्थिक हिनामिनामाथिको छानविनको प्रतिवेदन बुझाएका थिए। प्रतिवेदन बुझेका महासचिव इन्द्रमान तुलाधर भने केही दिनमा बुझेर निलम्बन गर्ने आश्वासन दिएका थिए। 

यस्तै निर्वाचन निर्देशिकासमेत पास गरिएको छ। नेपाल सुपर लिग (एनएसएल) को विषय र सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत नेपाल पुलिस र मछिन्द फुटबल क्लबबीच खेलमा लिष्टमा नभएको खेलाडी राखिएको विषयको छानविन प्रतिवेदन भने प्रस्तुत नै भएनन्। 

विस्तृत विवरण भने एन्फाले केही समयपछि सार्वजनिक गर्नेछ। 

Skip This
Skip This
Logo