रोमालाई पराजित गर्दै काेपाकाे सेमिफाइनलमा पुग्याे इन्टर

रोमालाई पराजित गर्दै काेपाकाे सेमिफाइनलमा पुग्याे इन्टर

केन्द्रबिन्दु
0
Shares

इन्टर मिलान रोमालाई पराजित गर्दै कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ।

मंगलबार रातिकाे खेलमा इन्टरले राेमालाई २-० गाेल अन्तरले पराजित गरेकाे हाे। इन्टरको जितमा इडिन जेको र एलेक्सिस सान्चेजले १-१ गोल गरेका थिए। 

जेकोले खेलको दोस्रो मिनेटमा इभान पेरेसिकको पासमा गोल गरेका थिए। सान्चेजले ६८औं मिनेटमा अग्रता दोब्बर बनाए । 

पराजितसँगै जोसे माउरिन्होको रोमा बाहिरिएको छ।

अब इन्टरले एसि मिलान र लाजियोमध्ये एउटासँग सेमिफाइनलमा भेट गर्नेछ। सिमोन इन्जाघिको इन्टर यस सिजन तीन उपाधि नजिक छ।

Logo