टी-२० अन्तर्राष्ट्रिय क्रिकेट : यूएईको लगातार दोस्रो जित

टी-२० अन्तर्राष्ट्रिय क्रिकेट : यूएईको लगातार दोस्रो जित

केन्द्रबिन्दु
0
Shares

चार देशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा संयुक्त अरब इमिरेटस् (यूएई) ले लगातार दोस्रो जित हात पारेको छ। 

आइतबार मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा सम्पन्न खेलमा यूएईले आयरल्यान्डलाई १३ रनले पराजित गरेको हो। १७८ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १६५ रनमा समेटियो। आयरल्यान्डका कप्तान एन्डे बालबेर्नीले ४२, गारेथ डानिले र कर्टिस जाम्परले समान ४० रनको योगदान गरे।

यसअघि यूएईले टस हारेर ब्याटिङ गर्दै  निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १७८ रनको योगफल तयार पारेको थियो। यूएईका रोहन मुस्तफाको ५४ र अरभिन्दको ५० रन बनाए। यूएईले पहिलो खेलमा शनिबार नेपाललाई २५ रनले पराजित गरेको थियो। 

यूएईको दुई खेलमा चार अंक छ भने दोस्रो स्थानको आयरल्यान्ड र तेस्रो स्थानको नेपाललको समान दुई अंक छ। दुवै खेल गुमाएको ओमान चौथो स्थानमा छ।

Logo