सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बिहीबार मनाङ मर्स्याङ्दी क्लब सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग ३–१ ले स्तब्ध भएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा एपीएफको जितमा आशिष लामा, मनिकुमार लामा र नवीन लामाले समान एक गोल गरे। जितसँगै एपीएफको रेलिगेसन डर अन्त्य भएको छ।
अञ्जन विष्टले ३६औँ मिनेटमा हेडमार्फत गरेको गोलबाट मनाङले खेलमा अग्रता लिएको थियो । तर, त्यसको चार मिनेटपछि एपीएफका लागि आशिष लामाले गोल फर्काए।
खेल सकिन दुई मिनेट बाँकी रहँदा एपीएफले थप दुई गोल गरेको थियो। मनिकुमारले ८१औँ मिनेटमा र नवीनले ८७औँ मिनेटमा समान एक गोल गरे। जितसँगै एपीएफ तालिकाको आठौँ स्थान उक्लदा मनाङ दोस्रो स्थानमा नै यथावत् छ।
आजै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलको २८औँ मिनेटमा स्टेफेन विनोङले गरेको गोल निर्णायक बन्दा न्युरोड टिम एनआरटीले संकटालाई १-० ले पराजित गर्यो ।
जितसँगै ११ खेलबाट १७ अंक जोडेको एनआरटी तालिकाको पाँचौं स्थानमा उक्लिएको छ।एनआरटीले चारमा जित, पाँचमा बराबरी र दुईमा पराजयको नतिजा आत्मसाथ गरेको छ।
यस्तै, समान खेलबाट १५ अंक जोडेको संकटा भने तालिकाको छैटौँ स्थानमा झरेको छ। संकटाले तीनमा जित, ६ मा बराबरी र दुईमा हारको नतिजा निकालेका छ।





























प्रतिक्रिया