कीर्तिमानी आठ पटकको सहिद स्मारक 'ए' डिभिजन लिग बिजेता मनाङ मर्स्याङ्दी क्लब एघार वर्षपछि न्युरोड टिम एनआरटीसँग पराजित भएको छ।
आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मेसुके ओलोमोउको गोल निर्णायक बन्दा मनाङ एनआरटीसँग १-० अन्तरले पराजित भएको हो। खेलको २६ औं मिनेटमा मेसुकेले गोल गरे ।
पछिल्लो पटक एनआरटीले मनाङलाई ०६६/०६७ को लिगमा हराएको थियो । मनाङ ११ वर्षपछि नै लगातार दुई खेलमा पराजित भएको हो। अघिल्लो खेलमा एपीएफसँग मनाङ पराजित भएको थियो।
जितसँगै एनआरटीले १२ खेलमा २० अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ। मनाङ भने १२ खेलमा २० अंक जोडेर तेस्रो स्थानमा झरेको छ।





























प्रतिक्रिया