आईसीसी टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटको सेमिफाइनलमा नेपालले बलिङ गर्ने भएको छ।
यूएईले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले बलिङ गर्न लागेको हो। खेल नेपाली समयअनुसार पौने ४ बजे सुरु हुनेछ। आजको खेलमा जित निकाल्ने टोलीले यही वर्ष अस्ट्रेलियामा हुने विश्वकप क्रिकेटमा स्थान सुरक्षित गर्नेछ।
नेपाल समुह बी को विजेता र यूएई समुह ए को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।
अर्को सेमिफाइनलमा आयरल्याण्डले पहिला ब्याटिङ गर्दैछ। ओमानले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि आयरल्याण्डले ब्याटिङ गर्न लागेको हो।





























प्रतिक्रिया