एपीएफलाई लगातार दोस्रो पटक उपाधि

एपीएफलाई लगातार दोस्रो पटक उपाधि

केन्द्रबिन्दु
0
Shares

ललितपुर मेयर महिला टी–२० च्याम्पियनसिपको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ। लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा एपीएफले फाइनलमा सुदुरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्यो। गतवर्ष पनि फाइनलमा एपीएफले सुदुरपश्चिमलाई फाइनलमा ८ विकेटले नै पराजित गरेको थियो। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदुरपश्चिमले दिएको १ सय १४ रनको लक्ष्य एपिएफले १५ दशमलव ५ ओभरमा २ विकेट गुमाएर भेट्टायो। उसको जितमा ओपनर ज्योति पाण्डेले सर्वाधिक ४३ रनको योगदान गरिन्। इन्दु वर्मा २९ रनमा नटआउट रहँदा कप्तान सीता राना मगरले १९ रन बनाइन्। सुदुरपश्चिमकी लक्ष्मी साउद र सम्झना खड्काले एक–एक विकेट हात पारे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय १३ रनको योगफल तयार पारेको थियो। विन्दु रावलले सर्वाधिक ३७ रन बनाएको सुदुरपश्चिमको इनिङ्समा डोली भट्टले ३६ रन जोडिन्। कविता कुँवर २४ रनमा अविजित रहिन् । एपीएफका लागि सुस्मा श्रेष्ठ २ विकेट हात पारिन्।

Skip This
Skip This
Logo