ए डिभिजन लिग समाप्तीसँगै आजबाट सहिद स्मारक ‘बी’ डिभिजन लिग

ए डिभिजन लिग समाप्तीसँगै आजबाट सहिद स्मारक ‘बी’ डिभिजन लिग

केन्द्रबिन्दु
0
Shares

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक 'बी' डिभिजन लिग फुटबल प्रतियोगिता आज बुधबारबाट सुरु गर्दैछ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पहिलो दिन तीन खेल हुनेछन्। 

बिहान साढे नौ बजे हुने पहिलो खेलमा झम्सिखेल युथ क्लब र श्री भगवती क्लबबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो खेलमा पौने १ बजे  बाँसबारी क्लब र सरस्वती क्लब आमने सामने हुनेछन्। 

अपराह्न ४ बजे हुने तेस्रो तथा दिनको अन्तिम खेलमा वीरगंज युनाईटेड र ब्वाइज युनियनबीच खेल हुनेछ।

लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा खेल्नेछन् । शीर्ष दुई टोली 'ए' लिगमा बढुवा हुनेछन् । यस्तै पुछारका दुई टोली रेलिगेसनमा पर्नेछन् ।

एन्फाले ए डिभिजन लिग समाप्तीसँगै बी डिभिजन लिग सुरु गर्न लागेको हो।

Skip This
Skip This
Logo