सहिद स्मारक ‘बी’ डिभिजन लिग : आशिषको ह्याट्रिकमा चर्च ब्वाइजको शानदार सुरुवात

सहिद स्मारक ‘बी’ डिभिजन लिग : आशिषको ह्याट्रिकमा चर्च ब्वाइजको शानदार सुरुवात

केन्द्रबिन्दु
0
Shares

आशिष चापागाईंको ह्याट्रिक मद्दतमा चर्च ब्वाइज क्लबले सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा शानदार सुरुवात गरेको छ। 

ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा बिहीबार भएको खेलमा टुसाल युथ क्लबलाई ५-२ गोल अन्तरले हराउँदै चर्च ब्वाइजले विजयी सुरुवात गरेको हो । खेलको छैटौं मिनेटमा पहिलो गोल गरेका आशिषले १७औं र ३३औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । 

२१औं मिनेटमा विकाश राईले गोल गरेपछि पहिलो हाफमै चर्च व्वाइजले ४-० को अग्रता बनाएको थियो। दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको टुसालका लागि ७२औं मिनेटमा गिलेस्पी जंग कार्कीले पेनाल्टी मार्फत र ८९औं मिनेटमा उत्तम शाहीले गोल गरे। ८५औं मिनेटमा कुबेर न्यौपानेले चर्च ब्वाइजका लागि थप गोल गरे।

Skip This
Skip This
Logo