मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप : अग्रता जोगाउन नसक्दा बाहिरियो एनआरटी

मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप : अग्रता जोगाउन नसक्दा बाहिरियो एनआरटी

केन्द्रबिन्दु
0
Shares

सर्लाहीको वाग्मती युथ क्लब धनगढीमा जारी पाँचौ संस्करणको मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

ए डिभिजन क्लब न्युरोड टिम एनआरटीलाई टाइब्रेकरमा पराजित गर्दै वाग्मतीले अन्तिम ८ मा स्थान बनाएको हो । निर्धारित ९० मिनेटको खेल २ २ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट लिइएको हो । एनआरटीले २ ० को अग्रता बचाउन नसक्दा निर्णय वाग्मतीलाई सुम्पिएको हो । 

जहाँ वाग्मती ४३ गोल अन्तरले विजयी भयो । आन्द्रे थिएरी र सन्जिव विष्ट पेनाल्टीमा गोल गर्न नसक्दा ए डिभिजन क्लब सर्वाधिक पुरस्कार राशीको गोल्डकप फुटबलको पहिलो चरणबाटै बाहिरियो । पेनाल्टीमा वाग्मतीका अमुल श्रेष्ठ, बिजय घलान, हिमाल घलान र अनिल राना मगरले गोल गरे भने सुमन राईको प्रहार बाहिरिएको थियो । एनआरटीका शिव गुरुङ, दिपेश घले र मेसुके ओलोमोउले गोल गरे ।

Logo